News लक्ष्मी नारायण (लक्ष्य) स्मृति कप शुरु, आयोजक मानेश्वरी ब्वाईजको उत्कृष्ट शुरुवात
गोलनेपाल

पनौती । लक्ष्मी नारायण (लक्ष्य) स्मृति कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक मानेश्वरी ब्वाईज क्लबले उत्कृष्ट जितका साथ प्रतियोगितामा शानदार शुरुवात गरेको छ ।

पनौती नगरपालिका–७ स्थित पनौती क्षेत्रीय रंगशालामा भएको उद्घाटन खेलमा मानेश्वरी ब्वाईजले राजु एफसीमाथि ६–१ को जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको हो । खेलमा मानेश्वरीका प्रेम स्याङतन म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन ४ गते आइतबारको पहिलो खेल ११ बजे डिपिओ काभ्रे र योङ स्टार युथ क्लब बीच हुनेछ भने दोस्रो खेल २ बजे सरस्वती ब्वाईज क्लब र मन्दनदेउपार १२ हल्दीछाप बीच हुने आयोजकले जानकारी दियो ।

मानेश्वरी ब्वाईज क्लब र मानेश्वरी आमा समूह, पनौती, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल १८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन १३ गतेका दिन हुनेछ ।

Post Comments