News
ताप्लेजुङको सॉगुमा रछ स्मृती मेमोरियल फुटबल प्रतियोगिता फागुन १३ गते देखि हुने
ताप्लेजुङको मैवाखोला स्थित सॉगुमा रछ मेमोरियल आमन्त्रित पुरूष फुटबल प्रतियोगिता फागुन १३ गते देखि १७ गते सम्म सन्चालन हुने भएको छ ।
महाशिव रात्रिको अवसरमा जलजले क्लबले आयोजना गरेको प्रतियोगितामा पूर्वका चर्चित आठ क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख ६१ हजार सहित एक तोला आधि सुन र दुइ सय तोला चॉदी जडित रनिङ ट्र्फि प्राप्त गर्नेछ ।
त्यस्तै उपविजेताले १ लाख ३१ हजार सहित ट्रफि प्राप्त गर्नेछ । त्यसैगरी मेलाको अवसरमा महिला फुटबल प्रतियोगिता पनि सन्चालन हुने बताईएको छ । महिला तर्फ विजेताले असी हजार सहित ट्रफि र उपविजेताले चालिस हजार सहित ट्रफि प्राप्त गर्नेछन ।
आन्तरिक पर्यटन विकाशमा खेलकुद भन्ने नाराका साथ सन्चालन हुने महाशिवरात्रि मेलाको भव्य तयारी भइरहेको क्लबका अध्यक्ष रूपनारायण घिमिरे जानकारी दिनुभयो ।
Post Comments
Related News
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि