
काठमाडौं । प्रतियोगिताको शुरुवातबाट उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेर फाइनल पुगेको नेपाली महिला फुटबल टोली चारदेशीय महिला च्याम्पियनसिपको फाइनलमा भने फेरि चुक्न पुगेको छ ।
बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी म्यानमारसँग २–० को हार बेहोर्न पुग्यो । लिग चरणको अन्तिम खेलमा पनि म्यानमारसँग भिड्दा नेपालले २–२ को बराबरी खेलेको थियो । नेपालले यद्यपि त्यो नतिजा र प्रदर्शनलाई फाइनलमा दोहोर्याउन सकेन ।
म्यानमारका लागि खेलको ६२औं मिनटमा यु पेर खाइङ्गले पहिलो गोल गर्दा त्यसको दुई मिनट लगतै विन थेङ्गी टुनले दोस्रो गोल गर्दै पाहुना टोलीको जित पक्का गरिन् । म्यानमार प्रतियोगिताभर अपराजित रहँदै विजेता बन्यो ।
म्यानमारकी खिन मो मो टुन फाइनल खेलको प्लेयर अफ दि म्याच बनिन् । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने नेपालकै रेनुका नगरकोटी घोषित भईन् ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- श्री भगवती र ब्वाईज युनियनलाई सफलता
- दोस्रो क्वालिफायरमा पोखरा, फाइनल प्रवेशका लागि धनगढीसँग भिड्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै