काठमाडौं । प्रतियोगिताको शुरुवातबाट उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेर फाइनल पुगेको नेपाली महिला फुटबल टोली चारदेशीय महिला च्याम्पियनसिपको फाइनलमा भने फेरि चुक्न पुगेको छ ।
बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी म्यानमारसँग २–० को हार बेहोर्न पुग्यो । लिग चरणको अन्तिम खेलमा पनि म्यानमारसँग भिड्दा नेपालले २–२ को बराबरी खेलेको थियो । नेपालले यद्यपि त्यो नतिजा र प्रदर्शनलाई फाइनलमा दोहोर्याउन सकेन ।
म्यानमारका लागि खेलको ६२औं मिनटमा यु पेर खाइङ्गले पहिलो गोल गर्दा त्यसको दुई मिनट लगतै विन थेङ्गी टुनले दोस्रो गोल गर्दै पाहुना टोलीको जित पक्का गरिन् । म्यानमार प्रतियोगिताभर अपराजित रहँदै विजेता बन्यो ।
म्यानमारकी खिन मो मो टुन फाइनल खेलको प्लेयर अफ दि म्याच बनिन् । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने नेपालकै रेनुका नगरकोटी घोषित भईन् ।
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश
- आत्मा पवित्र सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- हिरा, अनिता र निशाले मलेसियन लिगमा खेल्ने