News
सर्वश्रेष्ठ रेनुका नगरकोटी
काठमाडौं । बुधबार सम्पन्न चारदेशीय महिला च्याम्पियनसिप अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा नेपाल उपविजेता मै सिमित बने तापनि विधागततर्फ भने नेपाल सर्वश्रेष्ठ रह्यो ।
दशरथ रंगशालामा म्यानमारसँग २–० ले पराजित हुन पुगेको नेपाली टोलीकी मिडफिल्डर रेनुका नगरकोटी प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी घोषित भईन । रेनुकाले त्यसवापत आकर्षक ट्रफी र नगद ५० हजार हात पारिन् ।
म्यानमारकी खिन मो मो टुन फाइनल खेलको प्लेयर अफ दि म्याच बनिन् । स्मरण रहोस, नेपाल र म्यानमार प्रतियोगिताको लिग चरणमा पनि आमने सामने हुँदा त्यतिबेला दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । यद्यपि त्यो प्रदर्शनलाई नेपाली टोलीले फाइनलमा दोहोर्याउन सकेन ।
Post Comments
Related News
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश
- आत्मा पवित्र सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- हिरा, अनिता र निशाले मलेसियन लिगमा खेल्ने