
सावादिन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका १ सावादिनमा बि.सि.एस युवा क्लबद्वारा आयोजित छैटौ सावादिन च्यालेन्ज कपको सेमिफाइनल समिकरण पुरा भएको छ ।
मंगलबार बि सि एस खेल मैदानमा सम्पन्न दोस्रो क्वाटर फाइनलमा आराधना नाजिरिङ चर्च खाम्लालुङ तेह्रथुमलाई २-० ले पराजित गर्दै थलङ स्पोर्टिङ क्लब मिक्वाखोला ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको हो । थलङको जितका लागि अजय थलङ र बीर लिम्बुले एक एक गोल गरे ।
त्यस्तै तेस्रो र चौथो क्वाटरफाइनलमा क्रमश मानाभरा स्पोर्टिङ क्लब फक्ताङलुङ र आयोजक बि.सि.एस. ले जित दर्ता गरे ।
मानभराले संघर्स स्पोर्टिङ क्लबलाई २-१ गलले पराजित गर्यो भने आयोजक बि.सि.एसले मिनि स्पोर्टिङ क्लब फुङलिङलाई शुनयका विरूद्ध ३ गोलले पराजित गरे संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको हो ।
बुधबार हुने पहिलो सेमिफाइनलमा आयोजक बि.सि.एस बि र मानाभरा स्पोर्टिङ क्लब भिडनेछन । त्यस्तै दोस्रो सेमिफाइनलमा थलङ स्पोर्टिङ क्लब मिक्वाखोला ४ र बि.स्.एस. ए ले प्रतिस्पर्धा गर्नेछन ।
फाल्गुन २६ गते देखि सुरू भएको प्रतियोगिता फागुन २९ गते सकिने छ । प्रतियोगिताको विजेताले रू. १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।साथै विधागकत पुरस्कार समेत प्रदान गरिने बताइएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद, समृद्धिका लागि खेलकुद’ भन्ने नारालाई सार्थक पार्दै ताप्लेजुङ जिल्लाको पर्यटन प्रवद्धन गर्ने उदेस्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रूपहाङ लिम्बुले जानकारी दिए ।