News इनरुवा गोल्डकपः गाईघाट क्वाटरफाइनलमा
गोलनेपाल

इनरुवा । प्रभावशाली जितका साथ गाईघाट फुटबल क्लब, उदयपुर यहाँ जारी डिएन ग्रुप इनरुवा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इनरुवा रंगशालामा भएको प्रिक्वाटरफाइनलतर्फ गाईघाटले धरान सिटी फुटबल क्लब, सुनसरीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । खेलमा गाईघाटका सन्तोष न्यौपाने म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत फागुन २८ गते बुधबारको खेल जर्जियन फुटबल क्लब, भारत र धनगढी माई एफसी, सिराहाबीच हुने आयोजकले जानकारी दियो ।

इनरुवा फुटबल क्लब, इनरुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत्र ५ गतेका दिन हुनेछ ।

Post Comments