
आठराई गाउँपालिका–६ चुहानडाँडास्थित फुङसिङमा फागु पुर्णे मेलाको अवसरमा आयोजित वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा आठराई गाउँपालिका–५ छातेढुंगा ‘ए’ले आठराई–६ चुहानडाँडालाई हराएको छ ।
आज भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टि सुटआउटमा छातेढुंगाले चुहानडाँडालाई ५–३ गोल अन्तरले पराजीत गरेको हो । आजै हुने आठराई–३ ह्वाकु र आठराई–७ थोक्लुङ बिचको खेल भने थोक्लुङको अनुपस्थितिमा ह्वाकुलाई वाकओभर दिइएको छ ।
आठराई गाउँपालिका, ६ नं.वडा कार्यालय र विभिन्न दाताहरुको सहयोगमा फुङसिङ खेलकुद कार्यक्रम सञ्चालन समितिको आयोजनामा फुङसिङ खेलमैदानमा सुरु भएको प्रतियोगिता चैत्र २ गतेसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेल आठराई–४ इवा र आठराई–६ चुहानडाँडा फाकुम्बा बिच हुने आयोजकले जनाएको छ । खेल बिहान ८ बजेदेखि सुरु हुनेछ । त्यस्तै भोलिको दोस्रो खेल आठराई–५ छातेढुंगा र आठराई–१ लिसिबुङ बिच हुने छ ।
त्यसैगरी भोलि नै हुने तेस्रो खेल भने आठराई–५ छातेढुंगा होडा र आठराई–२ खाम्लालुङ बिच र चौथो खेल आठराई–३ ह्वाकु र आठराई–६ चुहानडाँडा ‘बि’ बिच हुने प्रतियोगिताका खेल संयोजक दिपक कन्दङवाले बताए ।
प्रतियोगिताको पूरुषतर्फको विजेताले नगद ५० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ३० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फको विजेताले नगद २० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद १० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक कन्दङवाले बताए ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न