काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा पहिलोपटक काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डीसीसी कप’ हुने भएको छ।
चैत २ देखि ९ गतेसम्म हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाबाट सहभागी हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष वुढाथोकीले जनाएका छन्। प्रतियोगिताको विजेताले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैंया प्राप्त गर्नेछन्।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्ने छन्। काठमाडौं प्रमुख वुढाथोकीले अर्को वर्ष देखि प्रतियोगिता ७७ वटै पालिकाको सहभागितामा बृहत रुपमा आयोजना गर्ने लक्ष्य रहेको बताए। उनले भने, “ यो वर्षको प्रतियोगिताको सफलता पछि अर्को वर्ष हामी यसलाई देशब्यापी बनाउनेछौं।”
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न