News जर्जियन फाइनलमा, उपाधिका लागि इनरुवासँग भिड्ने
गोलनेपाल

इनरुवा । जर्जियन फुटबल क्लब, भारत यहाँ जारी डिएन इनरुवा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलतर्फ जर्जियनले बिराटनगर सिटी फुटबल क्लब, मोरङलाई २–० ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो । खेलमा जर्जियनका कुञ्जमान थापा म्यान अफ दि म्याच घोषित भए ।

जर्जियनले अब यही चैत्र ५ गते हुने फाइनलमा आयोजक इनरुवा फुटबल क्लब, सुनसरीसँग उपाधिका लागि भिड्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

 

Post Comments