News आठौं भरौल गोल्डकपः कञ्चनजंघा सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । झिनो अन्तरको जितका साथ कञ्चनजंघा फुटबल क्लब, सिलिगुडी, भारत यहाँ जारी आठौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भरौल खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलतर्फ कञ्चनजंघाले आयोजक न्यु स्टार क्लब, सुनसरीलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । कञ्चनजंघाको जितमा अरुणले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता अरुण नै खेलको म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत चैत्र ४ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल आर.टि.एफसी, मलेसिया र हनामी बिएफसी, चितवनबीच हुने आयोजकले जानकारी दियो ।

न्यु स्टार क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ९ गतेका दिन हुनेछ ।

Post Comments