
कालाबञ्जर । रोमाञ्चक जितका साथ हनामी भरतपुर फुटबल क्लब, चितवन जारी आठौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ भरतपुरले आर.टि.एफसी, मलेसियालाई २–१ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भएको हो । भरतपुरको जितमा इटो र राज भुषालले गरे । पराजित आर.टि.एफसीका लागि भने रिचार्ड विलसनले गोल गरेका थिए ।
खेलमा भरतपुरका राज भुषाल म्यान अफ दि म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे । प्रीतयोगिता अन्तर्गत चैत्र ५ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल नमो बुद्ध युथ क्लब, सप्तरी र एपिएफ फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
न्यु स्टार क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ९ गतेका दिन हुनेछ ।