News आठौं गोलबजार मेयर गोल्डकप शुरु, रोमनको विजयी शुरुवात
गोलनेपाल

गोलबजार । शुक्रबारदेखि शुरु आठौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामो रोमन फुटबल क्लब, सर्लाहीले विजयी शुरुवात गरेको छ ।

गोलबजार एकिकृत खेलग्राममा भएको उद्घाटन खेलमा रोमनले पेमा फुटबल क्लब, बिराटनगरलाई ४–१ ले पराजित गर्यो । रोमनका लागि रोशन क्षेत्रीले दुई गोल गर्दा कपिल मगर र बिशाल योन्जनले एक–एक गोल गरे । पराजित पेमाका लागि भने ईश्वर खवासले एक मात्र गोल फर्काएका थिए ।

खेलमा रोमन एफसीका कपिल मगर म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै रोमन एफसी सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र १६ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल चात्या सा फुटबल क्लब, झापा र मनोहरा एकिकृत युवा क्लब, काठमाडौंबीच हुनेछ ।

गोलबजार नगरपालिका, सिरहाको आयोजना शुरु प्रतियोगिताको विजेताले उपाधिहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।

Post Comments