News ३०औं माछापुच्छ्रे कपको तयारी (खेलतालिकासहित)
सुरज राना मगर

भैरहवा । रुपन्देही जिल्ला र मोफसल कै पुरानो मध्ये एकका रुपमा रहेको ३०औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

भैरहवा स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा चैत्र १७ गतेका दिन न्यु स्टार फुटबल क्लब र लुम्बिनी फुटबल क्लब भिड्ने छन् । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल चैत्र २८ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष युवराज थापाले बताए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

उता प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न सबैको साथ, सहयोग मिलेको प्रतियोगिता व्यवस्थापक दिपक कुमार थापाले बताए । प्रतियोगितामा धेरै भन्दा धेरै स्थानीय क्लब र खेलाडीहरुलाई अवसर मिल्ने विश्वास पनि व्यवस्थापक थापाले लिएको बताए ।

Post Comments