News
तेस्रो नेपाल सुपर लिगको दोस्रो खेल पनि बराबरीमा टुंगियो
काठमाडौं । जारी तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो खेल आइतबार बराबरीमा टुंगिएको छ । बुटवल लुम्बिनी एफसी र झापा एफसी बीच दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
यो बराबरी नतिजासँगै बुटवल र झापाले पनि आ–आफ्नो खातामा एक–एक अंक जोडेका छन् । स्मरण रहोस, लिगको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजसी र ललितपुर सिटीले पनि २–२ गोलको बराबरी खेलेका थिए ।
खेलमा बुटवल लुम्बिनीका गोलरक्षक दिप कार्की भ्यालुएबल प्लेयर अफ दि म्याच बने । त्यस्तै झापाका लाकेन लिम्बु इनर्जेटिक प्लेयर अफ दि म्याच घोषित भए ।
लिग अन्तर्गत चैत्र १८ गते सोमबार अन्जन विष्ट सम्मिलित एफसी चितवन र आयुष घलान आवद्ध पोखरा थन्डर्स आमने सामने हुनेछन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न