News तेह्रथुमः आठराई मदनमेला बैशाख ३ देखि
गोलनेपाल

आठराई । वि.सं. २०१५ सालदेखि लाग्दै आएको पूर्वकै पुरानो आठराई मदनमेला आउँदो २०८२ बैसाख ३ गते देखि ९ गते सम्म सन्चालन हुने भएको छ ।

मदनमेला आयोजक समितिले आठराईको सक्रान्तिबाजारमा पत्रकार सम्मेलन मार्फत मेलाको जानकारी गराएको हो । मेलामा विभिन्न खेलकुद तथा सॉस्कृतिक कार्यक्रम संचालन हुने बताइएको छ ।

मेलाको मुख्य आकर्षणको रुपमा मदन मेमोरीयल खुल्ला पुरुष फुटबल प्रतियोगिता तथा खुल्ला महिला फुटबल प्रतियोगिता,अन्तर पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिता तथा खुल्ला ब्याडमिन्टन  लगायतका खेलकुदका कार्यक्रमहरु रहेका छन् ।

सॉस्कृतिक कार्यक्रम अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता,धान नाच,लोक दोहोरी प्रतियोगिता सन्चालन गरिने मदन मेला सन्चालन समिति अध्यक्ष दयासागर  गौतमले जानकारी दिए ।

मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको विजेताले  २  लाख ५  हजार ५५५  सहित ट्रफि मेडल र प्रमाणपत्र उपविजेताले १ लाख ३० हजार ५५५  सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

खुल्ला महिला फुटबलको बिजेताले नगद  ८० हजार ५५५ सहित ट्रफि र उपविजेताले ५०  हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

मेलाको अवसरमा आयोजित अन्तर पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको विजेताले ८० हजार सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ ।

त्यसैगरी ब्याडमिन्टन मेन्स डबल बि तर्फ प्रथम २० हजार दोस्रो १५ र तेस्रो पॉच पॉच हजार रहेको छ। मेन्स डबल सी तर्फ प्रथम २० हजार दोस्रो १५ हजार र तेस्रो चार- चार हजार रहेको छ । त्यस्तै व्यडमिन्टनकै इन्टरनल डबल तर्फ प्रथम हुनेले १० हजार,दोस्रो ५ र तेस्रो दुइ दुइ हजार प्राप्त गर्नेछन ।

सॉस्कृतिक कार्यक्रम अन्तर्गत खुल्ला नृत्य प्रतियोगिताको प्रथम हुने टिमले २० हजार दोस्रोले १५ र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन ।

धान नाच तर्फ प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमश बीस,पन्ध्र र दश हजार प्राप्त गर्नेछन । खुल्ला लोक दोहोरी तर्फ प्रथम हुनेले १० हजार र दोस्रो हुनेले ५ हजार प्राप्त गर्ने अध्यक्ष गौतमले जानकारी दिए । मेलाको मुख्य प्रायोजकमा आठराई गाउँपालिका रहेको छ ।

Post Comments