News पॉचौ सन्दकपुर गोल्डकपः डिफेन्डिङ च्याम्पियन डॉगिहाटको विजयी सुरूवात
गोलनेपाल

सन्दकपुर । पॉचौ सन्दकपुर गोल्डकप आमन्त्रित खुला नकआउट फुटबल प्रतियोगिता सोमबारदेखि शुरू भएको छ । उदघाटन खेलमा आयोजक देउराली स्पोर्टिङ क्लबलाई एकका विरूद्ध दुइ गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन डॉगिहाट फुटबल क्लब मोरङ प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

डॉगिहाटको जितका लागि पहिलो हाफको २९औं मिनेटमा सबिन राइ र ३४औं मिनेटमा अभिशेक बन्जनले एक एक गोल गरे ।देउरालीका लागि खेलको ७३औं मिनेटमा अभिशेक राईले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दि म्याच डॉगिहाटका सबिन राइ घोषित हुँदै दुइ हजार पॉचसय सहित ट्रफि प्राप्त गरे । 

सन्दकपुर गाउँपालिका ३ देउराली स्थित सात खाल्डे सहिद खेलमैदानमा चैत्र २५ गते देखि सुरू प्रतियोगिता वैशाख १ गते सकिनेछ । चैत्र २६ गते मंगलबार दोस्रो क्वाटरफाइनलमा रेड हर्ष एफसी इलाम र कोशि प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगर बिच प्रतिस्पर्धा रहनेछ ।

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सन्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । 

आयोजक समितिका अध्यक्ष अइन्द्र राईका अनुसार उपविजेताले नगद १ लाख ५५ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाडर,उत्कृष्ट मिडफिल्डर,सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही ४-४ हजार पाउने आयोजक समितिका उपाध्यक्ष सुरेश थापा मगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा पॉचथर,इलाम, झापा,मोरङ,र उदयपुरका ८ टिमको सहभागिता रहको छ । जसमा इलामको आयोजक देउराली स्पोर्टिङ क्लब, रेड हर्ष एफसी, बुट्टाबारी युनाइटेड झापा,चुलाचुली स्पोर्टिङ क्लब झापा,डॉगिहट एफसी मोरङ,कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर,वाइ वाइ पॉचथर फुटबल क्लब र ब्रदरहुड एफसी उदयपुर रहेका छन ।

Post Comments