News फराकिलो जितका साथ बगान युथ सेमिफाइनलमा प्रवेश
गोलनेपाल

खोक्लिङ । बगान युथ क्लब, झापा यहाँ जारी २७औं रामनवमी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलतर्फ बगान युथले थलङ स्र्पोटिङ क्लब, ताप्लेजुङलाई ८–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बगान युथको जितमा लाक्पा तामाङले ह्याट्रिक गरे । बिक्रम क्षेत्री र दिपेश श्रेष्ठले समान दुई–दुई गोल गर्दा मिक्सन लिम्बुले थप एक गोल गरे । उता पराजित थलङका लागि भने धिसेम लिम्बुले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा बगान युथका बिक्रम क्षेत्री म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत चैत्र २६ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल कञ्चनजंघा फुटबल क्लब, फुङलिङ र तारा स्र्पोटिङ युवा क्लब, चाँगेबीच हुने आयोजकले जानकारी दियो ।

सिर्जनशील सामाजिक युवा समाज, खोक्लिङ, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।

 

Post Comments