
फेदाप । रामनवमी धनलक्ष्मी व्यवस्थापन समितिले आयोजना गरेको ऐतिहासिक प्रथम रामनवमी मेला तथा धनलक्ष्मी रनिङ शिल्ड अन्तर्गत आज प्रि क्वाटरफाइनलका ४ वटा खेल सम्पन्न भएका छन् ।
आजको पहिलो खेलमा मेन्छ्याएम गाउँपालिका तेह्रथुमले आयोजकलाई शून्यका विरुद्ध चार गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। खेलको चौथौ मिनेटमा भीम लिम्बुको गोलमा अग्रता बनाएको मेन्छ्याएमले खेलको ३२ मिनेटमा अजय लिम्बुको गोलमा अग्रता दोब्बर गरेकोे थियो। त्यसै गरी ४२ औं मिनेटमा प्रदीप लिम्बूले अग्रता तेब्बर गरेका हुन भने ४८ औं मिनेटमा जीवन लिम्बूले गोल गर्दै जीत सुनिश्चित गराएका हुन्। उक्त खेलको म्यान अफ दि म्याच मेन्छ्याएमका भीम लिम्बु बनेका हुन् ।
दोस्रो खेल 2022 intake GC र ओयाक्जुङबीच भएको थियो। उक्त खेल निर्धारित समयमा शून्य शून्यका बराबरीमा टुङ्गिए पश्चात खेलको अन्तिम नतिजा पेनाल्टी मार्फत निकालिएको थियो। पेनाल्टीमा 2022 intake GC ले ओयाक्जुङलाई चार दुईले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। उक्त खेलको म्यान अफ दि म्याच 2022 intake GC का कुशल लिम्बु भएका हुन्।
तेस्रो खेलमा मुनाल युवा क्लब जलजले र खेलकुद विकास समिति सिम्ले बीच भएको थियो । उक्त खेलमा मुनाल युवा क्लब जलजलेलाई दुई शून्य गोलले हराउँदै खे.बी. स. सिम्लेले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। सिम्लेलाई जीत दिलाउन दोस्रो हाफको ६ मिनेटमा सुमन लिम्बू र दोश्रो हाफको १५ मिनेटमा सौगात लिम्बूले गोल गरेका हुन्। उक्त खेलको म्यान अफ दि म्याच सिम्लेका जोन लिम्बू बन्न सफल भएका हुन।
अन्तिम खेलमा पोक्लाबाङ बजार व्यवस्थापन समितिले JSYC लाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समय दुई दुई गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो। पोक्लबाङ बजार व्यवस्थापन समितिको लागि लवकुश राईले क्रमश ३६ र ४३ मिनेटमा गोल गर्दा JSYC को लागि ४१ मिनेटमा यागम राई र ४७ मिनेटमा सन्देश लिम्बूले गोल गरेका थिए। पेनाल्टीमा पोक्लाबाङले JSYC लाई चार दुई गोलले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। उक्त खेलको म्यान अफ दि म्याच पोक्लाबाङका लवकुश राई बनेका हुन्।