News २७औं रामनवमी कपः तारा स्र्पोटिङ र खोक्लिङ सेमिफाइनलमा
गोलनेपाल

खोक्लिङ । तारा स्र्पोटिङ युवा क्लब, चाँगे र खोक्लिङ सामाजिक युवा समाज, खोक्लिङ जारी २७औं रामनवमी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोलीहरु बनेका छन् ।

मंगलबार भएको दिनको पहिलो खेल र तेस्रो क्वाटरफाइनलतर्फ तारा स्र्पोटिङले कञ्चनजंघा फुटबल क्लबलाई ५–१ को अन्तरले हरायो । तारा स्र्पोटिङका लागि निशान लिम्बु र रन्जिव तामाङले समान २–२ गोल गरे । थप एक गोल मदन लिम्बुले गरे । पराजित कञ्चनजंघाका लागि भने सुवास लिम्बुले एक मात्र गोल फर्काएका थिए । खेलमा तारा स्र्पोटिङका रन्जिव तामाङ म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै दिनको दोस्रो तथा चौथो क्वाटरफाइनलतर्फ खोक्लिङले बिसिएस मेमोरियल युथ क्लब, सावादिनलाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । खेलमा खोक्लिङका गोलरक्षक पर्वत लिम्बु म्यान अफ दि म्याच घोषित भए ।

सिर्जनशील सामाजिक युवा समाज, खोक्लिङ, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।

 

Post Comments