
फेदाप । प्रथम रामनवमी मेला तथा धनलक्ष्मी रनिङ कप फुटबल प्रतियोगिताको शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा जित हात पार्दै मकालु फ्रेन्ड क्लब फाइनल प्रवेश गरेको छ।
मकालु फ्रेन्डले पोक्लाबाङ बजार ब्यवस्थापन समितिलाइ ३–१ ले हराउदै फाइनल पुगेको हो । मकालुको लागि जर्सि न ५ का रोहन गुरुङले २ गोल गरेका थिए भने एक गोल जर्सि न ९ का रोसन माझिले गरेका थिए ।
उता पराजित टोलि पोक्लाबाङ बजार ब्यवस्थापन समितिको लागि एक मात्र गोल हिटेन लिम्बुले फर्काएका थिए । खेलको म्यान अफ म्याच रोहन गुरुङ घोषित भए ।
मकालु फ्रेण्डले चैत्र ३० गते शनिबार हुने फाइनलमा जिरीखिम्ती युवा क्लबसँग उपाधिका लागि भिड्नेछ ।
रामनवमी मेला व्यवस्थापन समिति, फेदाप, तेह्रथुमको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१००० हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो