News
नवमीडाँडा कप: केलाङ एफसी मोरङ सेमिफाइनलमा

नवमीडाँडामा जारी नवमीडाँडा कप फुटबल प्रतियोगितामा केलाङ एफसी मोरङले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
सोमबार सम्पन्न खेलमा केलाङ एफसीले आयोजक श्री तिजोक युवा क्लबलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हो।
केलाङ एफसीका लागि मिक्सन दास खेलको हिरो बने। उनले एक्लैले चार गोल गर्दै टोलीलाई जित दिलाएका हुन्। यससँगै मिक्सन दास "म्यान अफ द म्याच" घोषित भए।
उता, तिजोकका लागि अनुपम आङदेम्बेले एकमात्र सान्त्वना गोल गरेका थिए।
प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ।
Post Comments