News
शिर्ष स्थानमा धनगढी, काठमाडौलाई पनि सफलता

काठमाडौ । तेस्रो नेपाल सुपर लिगतर्फ सुन्दर लयमा रहेको धनगढी फुटबल क्लब लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
सोमबार भएको आफ्नो पाँचौं खेलमा धनगढीले झापा एफसीलाई १-० को झिनो अन्तरले हरायो । खेलको ६०औं मिनेटमा दिपेश धिमालले आत्मघाती गोल गर्दा त्यो गोल नै लिगमा झापाको पहिलो हारको कारक बन्यो ।
यो नतिजापछी ५ खेलबाट ११ अंक जोडेको धनगढी शिर्ष स्थानमा उक्लेको छ । साथै धनगढीले प्ले अफ स्थान पनि पक्का गरेको छ । पराजित झापा भने ४ अंकका साथ छैठौं स्थान मै छ ।
उता सोमबार नै भएको पहिलो खेलमा काठमाडौ रेजर्सले एफसी चितवनलाई २-० ले हराएको थियो । यो जितपछी ६ खेलबाट ८ अंक जोडेको काठमाडौ तेस्रो स्थानमा छ । पराजित चितवन भने ७ अंकका साथ चौथो स्थान छ ।
Post Comments