काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफू सधै नेपाली फुटबलको विकास र विस्तारमा लागि रहने बताएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले थापामाथि सन् २०१५ को अप्रिल १६ तारीखका दिन प्रतिवन्ध लगाएको थियो । साथै उनको प्रतिवन्ध केही दिन अप्रिल १५ तारीखका दिन फुकुवा समेत भईसकेको छ ।
सामाजिक सञ्जालमा उत्तिकै सक्रिय थापाले आफ्नो प्रस विज्ञप्ती जारी गर्दै फिफाले आफूमाथि लगाएको प्रतिवन्ध फुकुवा भएको जानकारी गराउँदै उनले नेपाली फुटबल कै विकास र विस्तारमा साथै आफ्नो साथ रहने बताएका हुन् ।
थापाले आफ्ना लागि यो दश वर्षे यात्रा निकै चुनौतिपुर्ण रहेको समेत बताएका छन् । साथै यो यात्रामा आफूलाई साथ दिने परिवार, शुभचिन्तक, खेलप्रेमीहरु लगायत सबैमा उनले आभार र धन्यवाद समेत प्रकट गरेका छन् ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)