News एन्फाका पूर्व अध्यक्ष थापा भन्छन, “नेपाली फुटबलको विकास र विस्तारमा सधै लागि रहनेछु”
गोलनेपाल

काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफू सधै नेपाली फुटबलको विकास र विस्तारमा लागि रहने बताएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले थापामाथि सन् २०१५ को अप्रिल १६ तारीखका दिन प्रतिवन्ध लगाएको थियो । साथै उनको प्रतिवन्ध केही दिन अप्रिल १५ तारीखका दिन फुकुवा समेत भईसकेको छ ।

सामाजिक सञ्जालमा उत्तिकै सक्रिय थापाले आफ्नो प्रस विज्ञप्ती जारी गर्दै फिफाले आफूमाथि लगाएको प्रतिवन्ध फुकुवा भएको जानकारी गराउँदै उनले नेपाली फुटबल कै विकास र विस्तारमा साथै आफ्नो साथ रहने बताएका हुन् ।

थापाले आफ्ना लागि यो दश वर्षे यात्रा निकै चुनौतिपुर्ण रहेको समेत बताएका छन् । साथै यो यात्रामा आफूलाई साथ दिने परिवार, शुभचिन्तक, खेलप्रेमीहरु लगायत सबैमा उनले आभार र धन्यवाद समेत प्रकट गरेका छन् ।

 

Post Comments