News दक्षिण कोरियाः तेस्रो इक्सान कप र महिला फुटसल प्रतियोगिता हुँदै
गोलनेपाल

काठमाडौं । इक्सान नेप्लिज फुटबल क्लब, दक्षिण कोरियाको आयोजनामा आउँदो मई ४ तारीख (बैशाख २१ गते) का दिन तेस्रो इक्सान कप तथा महिला फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ लाख कोरियन वोन हात पार्नेछ भने उपविजेताले २० लाख कोरियन वोन प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई जनही ४–४ लाख कोरियन वोन प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।

इक्सान नेपाली समाज, दक्षिण कोरिया सह–आयोजक रहेको प्रतियोगिताको विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, इमर्जिङ प्लेयर र अनुशासित टिमलाई जनही १–१ लाख कोरियन पुरस्कारको व्यवस्था गरिएको छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार कोरियन वोन प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments