
काठमाडौं । आउँदो साफ यु–१९ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेका युथ क्याम्पबाट नेपालको राष्ट्रिय यु–१९ फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
आउँदो मई ९ देखि १८ तारीखसम्म भारतमा हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपका लागि नेपाली युथ टोलीको फाइनल स्कवाड आइतबार घोषणा गरिएको हो ।
प्रतियोगिता अनतर्गत समूह बी मा परेको नेपालले भारत र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ए मा भने माल्दिभ्स, भुटान र बंगलादेश छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
यस्तो छ नेपालको यु–१९ फाइनल स्कवाडः
गोलरक्षकः भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, बिशेष बानियाँ
डिफेन्डर्सः रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, बिजय उर्वा, सिद्धान्त खड्का
मिडफिल्डरः कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङ्गेली, रन्जित लामा, सुबास बम, विज्ञान खड्का
फरवार्डसः पवन पाख्रिन, धर्वेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न