News प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
गोलनेपाल

प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप वडा स्तरीय पुरूष फुटबल प्रतियोगिताको उपाधि सिर्जनशिल सामाजिक संस्था (सिसास)खोक्लिङले हात पारेको छ ।

शुक्रबार थलङ खेल मैदानमा सम्पन्न फाइनल खेलमा जन युवा क्लब ढुंगेसॉघुलाई १-० गोलले पराजित गर्दै सिसास खोक्लिङले उपाधि जितेको हो । सिसास खोक्लिङका लागि बिरेन लिम्बुले गरेको गोलनै निर्णायक गोल बन्यो ।

उपाधि संगै खोक्लिङले १ लाख एक हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता ढुंगेसॉघुले ६१ हजार सहित ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो । प्रतियोगिताको वेष्ट प्लेयर ढुंगेसाघुका सन्जोक लिम्बु,योङ प्लेयर थलङ स्पोर्टिङ क्लबका आकाश लिम्बु,बेष्ट डिफेन्डर सिसास खोक्लिङका आयुश लिम्बु,हाइ स्कोरर बाघथला युवा क्लबका बशिल लिम्बु,बेष्ट गोल रक्षक सिसास खोक्लिङका मुकेश लिम्बु घोषित भए ।उत्कृष्ट सबैले ट्रफि प्राप्त गरे ।

राष्ट्रिय युवा संघ नेपाल मिक्वाखोला गाउँपालिका कमिटिले बैशाख १५ गते देखी आयोजना गरेको प्रतियोगिता बैशाख १९ गते शुक्रबार विधिवत रूपमा सकिएको छ । खेलको माध्ययमबाट मिक्लाखोलाको पर्यटन पर्वद्धन साथै खेलाडी समेत उत्पादन गर्ने उद्येस्यका साथ नव वर्षको अवसरमा प्रतियोगिता आयोजना गरिएको साथै प्रतियोगिता सव्य र भव्य रूपमा सम्पन्न भएको अध्यक्ष पुर्ण थलङले बताए ।

Post Comments