News प्रिती राई चोटिल
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली र एपिएफ फुटबल क्लबकी चर्चित मिडफिल्डर प्रिती राई चोटिल बनेकी छिन् । प्रिती हाल नुवाकोटमा जारी प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता खेल्ने क्रममा चोटिल बनेकी हुन् ।

नुवाकोटको बट्टारमा जारी बागमती प्रदेश मुख्यमन्त्री कपको दोस्रो सेमिफाइनलतर्फ रौतहट विरुद्ध खेल्ने क्रममा प्रिती घाइते बनेकी थिईन् । उनलाई थप उपचारका लागि अस्पताल पनि पुर्याइएको थियो । उनको चोटको अवस्था र विस्तृत विवरण भने खुलाइएको छैन ।

स्मरण रहोस, सो खेलमा एपिएफले रौतहटलाई ५–० ले हराउँदै फाइनल प्रवेश गरेको थियो । एपिएफले अब उपाधिका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ ।

Post Comments