News साफ युथ च्याम्पियनसिप खेल्न भारत जाने नेपाली टोलीको विदाई
गोलनेपाल

काठमाडौं । भारतको अरुणाचल प्रदेशमा हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिप खेल्न जाने नेपाली युथ टोलीको विदाई गरिएको छ ।

सोमबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा एक कार्यक्रमका बीच युवा टोलीहरुको विदाई गरिएको हो । टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरन राई लगायतले शुभकामना दिंदै विदाई गरे ।

स्मरण रहोस, भारतमा यही मई ९ देखि १८ तारीखसम्म साफ यु–१९ च्याम्पियनसिप हुँदैछ । प्रतियोगिताको समूह बी मा परेको नेपालले आयोजक भारतसहित श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ए मा भुटान, बंगलादेश र माल्दिभ्स छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।

 

Post Comments