News
महिला गोल्डकप: एपिएफ क्लब फाईनलमा

हेटौडा । हेटौडा उपमहानगरपालिकाको मुख्य प्रायोजन र मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १९ गतेबाट मकवानपुरमा सुरु भएको महिला गोल्डकपमा अन्तिम सेमिफाईनल खेलबाट संकटा क्लब लाई २–० ले जित निकाल्दै सशत्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
निकैनै रोमाञ्चक खेलमा १० मिनेट सम्हालिन नसक्दा संकटाले एपिएफ संग पराजय भोग्नु परेको हो । खेलको ७० मिनेटसम्म संकटाले एपिएफलाई रोकेको थियो । निकैनै रोमान्चक खेलमा खेलको ७१ औ मिनेटमा रश्मि कुमारी घिसिङले सुन्दर हेड गोल गर्दौ अग्रता दिलाएकी थिईन त्यसैगरी खेलको ७६ औ मिनेटमा अनिता के सी ले गोल गर्दै एपिएफको जित सुनिश्चित बनाएकी थिईन ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल रेनुका नगरकोटी दोस्रो सेमिफाईनल खेलको प्लेयर अफ द म्याच हुन सफल भईन । उनले नगद १० हजार रुपैयाँ तथा ट्रफि प्राप्त गरिन् ।
प्रतियोगिता अन्तर्गत फाईनल खेल बिहिबार एपिएफ एफसी र नेपाल पुलिस क्लबको बिचमा हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ सहित शिल्ड मेडल प्रमाण पत्र पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन भने विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments