News बेल्जियममा नेपाली समुदायहरुबीच एन्टवेर्प कप हुँदै
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । बेल्जियममा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित एन्टवेर्प गाईज नेपालको आयोजनामा एन्टवेर्प कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

डुर्ने एन्टवेर्प, बेल्जियम स्थित स्थानीय खेलमैदानमा आगामी २४ र २५ अगस्तका दिन हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ हजार युरो हात पार्नेछ । आयोजकका अनुसार कुल ८५०० युरोको पुरस्कार राशी रहेको बताइएको छ ।

प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बर र व्यक्तिहरुः

Post Comments