News तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
गोलनेपाल

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नम्बर ३ जलजले तोक्मा तीनधारेमा जारी चौथो केलाङ मेला खुल्ला पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

पहिलो सेमिफाइनलमा बैशाख २६ गते शुक्रबार आयोजक मुनाल युवा क्लब र चुलाचुली स्पोर्टिङ क्लब दमक भिडनेछन । त्यस्तै दोस्रो सेमिफाइनलमा बैशाख २८ गते आइतबार जि.सि. इन्टेक २२ र सम्दु एफसी बिचको प्रतिस्पर्धा रहनेछ ।

बिहीबार सम्पन्न तेस्रो क्वाटर फाइनलमा खेलकुद विकाश समिति सिम्लेलाई ४-१ गोल अन्तरले पराजित गर्दै चुलाचुली स्पोर्टिङ क्लबले आयोजक मुनालसंगको भेट पक्का गरेको हो । चुलाचुलीको जितका लागि लोकेन्द्र थापाले ह्याट्रिक पुरा गरे भने पुजन चौधरीले एक गोल गरे । सिम्लेको तर्फबाट सन्देश लिम्बुले एक मात्र सान्त्वना गोल फर्काए । त्यस्तै बिहीबार नै सम्पन्न अन्तिम क्वाटर फाइनलमा जिरीखिम्ति युथ क्लबलाई पेनाल्टि सुट आउटमा ४-३ गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन सम्दु एफसीले सेमिफाइनलमा जि.सि. इन्टेक २२ जलजलेसंगको भेट निस्चित गरेको हो। निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसके पछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो । प्रतियोगिताको चौथो दिन शुक्रबार खुल्ला पुरूष तर्फको एक सेमिफाइनल र मैत्रीपूर्ण खेलको फाइनल फेदाप गाउँपालिका कर्मचारी र फेदाप गाउँपालिका व्यवसायी बिच हुनेछ । बैशाख २३ गते देखि सुरू प्रतियोगिताको फाइनल खेल बैशाख २९ गते हुनेछ ।

आठ टिम सहभागी रहेको खुल्ला पुरूष तर्फको विजेताले २ लाख २ हजार ८२ रुपैया सहित तीन वर्षे रनिङ ट्रफि प्राप्त गर्नेछ । उक्त पुरस्कार ललिता हुक्पा चोङवाङ सिंगकले प्रायोजन गर्नु भएको छ । उपविजेताले १ लाख ११ हजार ८२ रुपैया सहित ट्रफि प्राप्त गर्नेछन ।प्रायोजक शम्सेर तुम्बाहाङफे हुनुहुन्छ । त्यस्तै खुल्ला महिला तर्फको बिजेताले ४० हजार ८२ रूपैया सहित तीन वर्षे रनिङ ट्रफि जसलीई प्रायोजन स्वर्गीय बाजे बल बहादुर बस्नेतको स्मृतीमा देवेन्द्र बस्नेतले प्रायोजन गर्नु भएको छ ।उपविजेताले २५ हजार ८२ रूपैया सहित ट्रफि प्राप्त गर्नेछ जसलाई सन्देश सम्बाहाम्फेले प्रायोजन गर्नु भएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक, हाई स्कोररलाई उचित पुरस्कार साथै दोस्रो चरणबाट म्यान अफ दि म्याचको व्यवस्था समेत रहेको बताइएको छ । मुनाल युवा क्लब र मुनाल खेलकुद विकास समितिको आयोजनामा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा विगत वर्षहरूमा झै यो वर्ष पनि केलाङ मेलामा खेलकुदका साथै सॉस्कृतिक कार्यक्रम पनि सन्चालन गरिने अध्यक्ष मोहन सिंह सिंगकले जानकारी दिए । बैशाख २७ गते स्थानीय जातजातिको पहिचान झल्कने झॉकिहरू यालाङ,केलाङ,डम्फुनाच,साकेला,संगीनी,नौमती बाजा,लोक दोहोरी,मारुनी नाच,छेलो हान्ने,तोङ आप्मा,डोरी तान्ने तथा खुल्ला नृत्य प्रतियोगिता सन्चालन हुने बताइएको छ। मेलामा फेदाप गाउँपालिकाको आर्थीक सहयोग रहेको छ ।

Post Comments