News एपिएफ क्लबलाई मकवानपुर महिला गोल्डकपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा उपमहानगरपालिकाको मुख्य प्रायोजन र मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १९ गतेबाट मकवानपुरमा सुरु भएको महिला गोल्डकपको उपाधि एपिएफ एफसी ले जितेको छ । बिहिबार भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरि उपाधि जितेको हो ।

बिजेता बनेको एपिएफले नगद सात लाख सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको पुलिसले ५ लाख सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

निकैनै रोमाञ्चक खेलमा निर्धिरित समय एपिएफले पुलिसलाई दबाबमा राखे पनि शुन्य शुन्यको बराबरीमा खेल सकिएपछी खेलको निर्णय पेनाल्टी सुटआउट मा एपिएफ बिजयी भएको हो ।

निर्णायक पेनाल्टीमा एपिएफकी अन्जना राना मगर ले पुलिसकी टिम क्याप्टेन निरु थापा ले गरेको प्रहार बचाएको थिईन भने पुलिसकी रेबिका पाण्डेको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो एपिएफकी अनिता बस्नेत,गिता राना र निशा थोकरले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो स्ट्राईकर रश्मी कुमारी घिसिङको प्रहार गोलरक्षक उषा नाथले बचाएको थिईन उक्त बल बचाए पनि पुलिस हारबाट भने जोगिन सकेन ।

यो हार सहित पुलिसको यो सिजनको एफिएफ संगको फाईनल खेलमा चौथो हार हो । प्रतियोगिताको फाईनल खेलको म्यान अफ द म्याच एपिएफकी गोलरक्षक अन्जना राना मगर हुन सफल भईन उनले म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षकको उपाधि हात पारिन । दुई पुरस्कार गरेर उनले नगद ३५ हजार प्राप्त सहित ट्रफि प्राप्त गरिन ।

यसैगरी उत्कृष्ट डिफेन्डरको पुरस्कार नेपाल पुलिसकी डिफेन्डर समिक्षा घिमिरेले प्राप्त गरिन उनले पनि नगद २५ हजार सहित ट्रफि प्राप्त गरिन । उत्कृष्ट मिडफिल्ड भएकी एपिएफकि रेनुका नगरकोटीले पनि नगद २५ हजार सहित ट्रफि प्राप्त गरिन ।

उत्कृष्ट स्ट्राइकरको पुरस्कार पुलिसकी मिना देउबाले पाईन उनले पनि नगद २५ हजार सहित ट्रफि प्राप्त गरिन । प्रतियोगिताको बिजयी टिमका प्रशिक्षक जिबेश पाण्डे उत्कृष्ट प्रशिक्षक हुनुभयो उहाँले पनि नगद २५ हजार सहित ट्रफि प्राप्त गर्नुभयो। यसैगरी प्रतियोगिताको सर्बेत्कृष्ट खेलाडी एपिएफ क्लबकी रश्मि कुमारी घिसिङ भईन उनले सुजुकीको स्कुटर प्राप्त गरिन ।

Post Comments