काठमाडौं । अखिल नेपाल फूटबल संघका दुई सदस्य सस्था, कैलाली जिल्ला फूटबल संघ र चर्च बोइज युनाइटेड बिच नेपाली महिला फूटबल बिकासका क्षेत्रमा संगै काम गर्न एन्फा मुख्यालय सातदोबाटोमा,दुबै सस्था का अध्यक्ष अनिल मल्ल र टंक लाल राई बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
जसमा बिशेष गरी कैलालीमा रहेका महिला खेलाडीहरुको एक्सपोजरको रुपमा चर्च व्बाईजले काम गर्ने छ र युथ फुटबको बिकासमा पनि सघाउने छ ।
कैलाली जिल्ला फुटबल संघले लामो समय देखी महिला फुटबल र युथ फुटबल बिशेष गरि ग्रासरुटको अन्तर्गत रहेर खेलाडीहरुलाई प्रशिक्षण गराउदै आई्हेको छ ।
पहिलो चरणमा कैलाली जिल्लाको फुटबल बिकास को लागी १०० दिनको सम्झौता गरिएको छ र यो १०० दिन भित्र एउटा संचालक समिति गठन गरेर कैलाली जिल्लाको फुटबल बिकासको कार्यबिधि बनाएर र टेक्निकल टिम बनाएपछी थप नया सम्झौता समेत गरेर कैलाली जिल्लाको फुटबलको बिकासको लागी काम गरिने कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले जानकारी दिए ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)