उमरजन, बारा। करैयामाई गा.पा को आयोजनामा सञ्चालन भइरहेको तेस्रो करैयामाई गोल्डकप फुट्बल प्रतियोगिता २०८३ को आज दोस्रो दिनमा प्रतियोगिताको दोस्रो क्वटरफाइनल खेल सम्पन्न भएको छ। उक्त खेलमा बकुलिया क्लब ले बिर्गञ्ज सिटि लाई २-० को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्न सफल भएको हो।
खेल निकै रोचक हुँदै जाँदा पहिलो हाफको २३ औं मिनेटको समयमा बकुलिया को तर्फबाट अनियुला मियाले उत्कृष्ट हेडर मार्फत जाली छुमाउदै टोलि लाई पहिलो अग्रता दिलाएको थियो र खेल प्रतिस्पर्धा तर्फ पुग्यो। सोहिक्रमा पुनः बकुलिया कै लागि टिम कप्तान चतुर्धन चौधरीले उत्कृष्ट गोल गरेर सानदार जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयसम्म उत्कृष्ट प्रदर्शनी गरेका बकुलियाका सुमित चौधरि 'म्यान अफ दि म्याच' घोषित हुदै नगद रु. एक हजार सहित ट्रफि प्राप्त गरे।
प्रतियोगिताको विजेताले नगद रु. सत्तरी हजार र उपविजेताले नगद रु. पैँतीस हजार सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ।
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट