उमरजन, बारा। करैयामाई गा.पा को आयोजनामा सञ्चालन भइरहेको तेस्रो करैयामाई गोल्डकप फुट्बल प्रतियोगिता २०८३ को आज तेस्रो दिनमा प्रतियोगिताको तेस्रो क्वटरफाइनल खेल सम्पन्न भएको छ। उक्त खेलमा नव जन जाग्रिती युवा क्लब, सिमरा ले अल्टोकि युवा क्लब, रौतहट लाई ३-० को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्न सफल भएको हो।
खेल निकै रोचक हुँदै जाँदा पहिलो हाफको २३ औं मिनेटको समयमा नव जन जाग्रिती युवा क्लब को तर्फबाट बिक्रम थोकर ले उत्कृष्ट फिनिसिङ्ग सहित जाली छुमाउदै टोलि लाई पहिलो अग्रता दिलाएको थियो र खेल प्रतिस्पर्धा तर्फ पुग्यो। सोहिक्रमा पुनः नव जन जाग्रिती कै लागि बिकाश दर्लामी मगर ले व्यक्तिगत २ गोल गरेर सानदार जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयसम्म उत्कृष्ट प्रदर्शनी गर्दै एक गोल समेत गरेक बिक्रम थोकर 'म्यान अफ दि म्याच' घोषित हुदै नगद रु. एक हजार सहित ट्रफि प्राप्त गरे।
प्रतियोगिताको विजेताले नगद रु. सत्तरी हजार र उपविजेताले नगद रु.पैँतीस हजार सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ।
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट