Province 4 पोखरामा प्रदेश स्तरीय राष्ट्रिय बहिरा फूटबल प्रतियोगिता हुने
गोलनेपाल

पोखरा । ुबिकास,अनुशासन र गतिशीलताु भन्ने मूल नारासहित पोखरामा ुप्रदेश स्तरीय राष्ट्रिय बहिरा फूटबल प्रतियोगिता(२०८१ु यहि फागुन २५ र २६ गते हुने भएको छ ।

बहिरा फूटबल खेल क्लवको आयोजना, प्रतियोगीता दुईदिन सम्म पोखरा रंगशालामा चल्ने छ । प्रतियोगीतामा सुदूरपश्चिमबाहेक छ वटै प्रदेशको सहभागीता रहने छ । प्रतियोगीतामा गण्डकी प्रदेशको ए र बी गरी दुईवटा टिमको सहभागी रहने आयोजक बहिरा फुटबल खेल क्लवका अध्यक्ष सुर्यमोहन बरालले जानकारी दिए । प्रतियोगीताको उद्घाटन फागुन २५ गते विहान १०ः३० बजे सिर्जना चोकबाट प्रभातफेरीसहित पोखरा रंगशालामा पुगेर गरिने छ ।

बहिरा समुदायको आवाज सम्बन्धित निकायसम्म पुर्याउन र बहिरा व्यक्तिहरु पनि अन्य व्यक्ति सरह फुटबल खेल्न सक्छन् भन्ने सन्देश दिनका लागी यो प्रतियोगीता राखिएको आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुने टोलीलाई ७५ हजार र द्दित्तीय हुने टोलीलाई ४० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपर लगायतका विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई समेत ट्रफी, मेडल र नगदसहित सम्मान गरिनेछ ।

प्रतियोगीतामा मुख्य प्रायोजकका रुपमा पवित्रा निरौला मिरोस्लाप झापाबाट ६ लाख ८५ हजार प्राप्त भएको आयोजकले जनाएको छ । त्यसमध्य ८५ हजार क्यान्सरका विरामीलाई प्रदान गरिएको अध्यक्ष बरालले जानकारी दिए । प्रतियोगीता सम्पन्न गर्न १० लाख ३५ हजार रकम लाग्ने र ५० हजार रकम बचत हुने अपेक्षा गरिएको छ ।

Post Comments