ANFA मनकामना, डिएस युनाइटेड र रामपुर दोस्रो चरणमा
सुरज राना मगर

खैरेनी । प्रथम डि युनिटी कप यु–२० फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार मनकामना फुटबल क्लब, डिएस युनाइटेड क्लब र रामपुर फुटबल क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

देवदह–५, खैरेनी स्थित पानबारी खेलमैदानमा भएको दिनको पहिलो खेलमा मनकामनाले जिवाइसी सिमरानालाई २–१ ले हरायो । दोस्रो खेलमा डिएस युनाइटेडले सुनवल ८ माथि ३–२ को जित हात पार्दा अन्तिम खेलमा रामपुरले बिएफसी भलुहीलाई ३–१ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गर्न सफल भएको हो ।

डि युनिटी क्लब, खैरेनी, देवदहको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने असार १० गतेका दिन हुनेछ ।

Post Comments