South Asia
साफ महिला क्लब च्याम्पियनसिपमा एपिएफको उत्कृष्ट शुरुवात
काठमाडौं । शुक्रबारदेखि दशरथ रंगशालामा भएको पहिलो साफ महिला क्लब च्याम्पियनसिपमा नेपालको एपिएफ फुटबल क्लबले उत्कृष्ट शुरुवात गरेको छ ।
एपिएफले आफ्नो पहिलो खेलमा बंगलादेशको नसरीन स्पोर्टस एकेडेमीलाई ४–० को अन्तरले हरायो । एपिएफको जितमा रश्मी कुमारी घिसिङ र मिना देउवाले समान दुई–दुई गोल गरे । खेलमा एपिएफकी रश्मी कुमारी घिसिङ प्लेयर अफ दि म्याच बनिन् ।
एपिएफले आफ्नो दोस्रो खेल ११ डिसेम्बरका दिन भुटानको ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लबसँग खेल्नेछ । ट्रान्सपोर्टले शुक्रबार नै भएको उद्घाटन खेलमा पाकिस्तानको कराँची सिटी फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल भने २० डिसेम्बरका दिन हुनेछ । विजेताले उपाधिसहित १० हजार अमेरिकी डलर हात पार्नेछ ।
Post Comments
Related News
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
- ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
- रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै
- ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक