काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा पहिलोटक हुन गईरहेको साफ महिला क्लब च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा शुरु हुँदैछ ।
उद्घाटन खेलमा दिनको २ बजे कराँची सिटी फुटबल क्लब (पाकिस्तान) र ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लब (भुटान) भिड्ने छन् । त्यस्तै शुक्रबार नै हुने दोस्रो खेलमा साँझ ६ बजे एपिएफ फुटबल क्लब (नेपाल) र नसरिन स्पोर्टस एकेडेमी (बंगलादेश) पनि भिड्ने छन् ।
प्रतियोगिताको दक्षिण एसियाका पाँच देशका महिला लिग च्याम्पियनहरुले सहभागिता जनाउँदैछन् । सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल डिसेम्बर २० तारीखका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । बाँकी तीन टोलीहरुलाई जनही २०००–२००० हजार अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ ।
त्यस्तै दर्शकहरुका लागि सामान्यतर्फ ३०० र भिआइपीतर्फ ५०० टिकट मुल्य तोकिएको छ । दर्शकहरुले टिकट खल्ती एपमार्फत पनि खरिद गर्न सक्ने छन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३ करोड, ७७ लाख ७७ हजार ९० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय