South Asia माल्दिभ्स सेमिफाइनलमा, भुटान बाहिरियो
गोलनेपाल

काठमाडौं । भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपतर्फ समूह ए बाट सेमिफाइनल प्रवेश गर्ने माल्दिभ्स दोस्रो टोली बनेको छ । समूह ए बाट बंगलादेशले यसअघि नै स्थान सुरक्षित गरिसकेको छ ।

मंगलबार भएको समूह ए तर्फको अन्तिम खेलमा माल्दिभ्स र भुटानले २–२ गोलको बराबरी खेले । माल्दिभ्सको या े लगातार दोस्रो बराबरी थियो भने भुटानका े पहिलो । माल्दिभ्सले आफ्नो पहिलो खेलमा बंगलादेशसँग पनि २–२ को बराबरी खेलेको थियो भने भुटानले बंगलादेशसँग ३–० को हार बेहोरेको थियो ।

मंगलबारको नतिजापछि २ खेलबाट ४ अंक जोडेको बंगलादेश शिर्ष स्थानमा रहँदा समान खेलबाट २ अंकका साथ माल्दिभ्स दोस्रो स्थानमा रह्यो । र समूह ए बाट बंगलादेश समूह विजेता र माल्दिभ्स उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्न सफल भए । त्यसैगरी १ अंकका साथ पुछारमा रहेको भुटान भने समूह चरणबाट ै बाहिरियो ।

Post Comments