International लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगितातर्फ आफ्नो दोस्रो खेलमा नेपालले लाओससँग उसकै घरमा हार बेहोरेको छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले लाओससँग बेहोरेको यो पहिलो हार समेत हो ।

न्यु लाओस नेशनल स्टेडियममा भएको खेलको १३औं मिनटमा दामोथ थोङ्गखामसवथले पहिलो गोल गरे । ४९औं मिनटमा पिटर फन्थावोङले लाओसका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता नेपालले गोलको प्रयास जारी राख्दा खेलको अन्तिमतिर पेनाल्टीको अवसर पाएको थियो । जसलाई ७३औं मिनटमा मनिष डाँगीले गोलमा परिणत गरेका थिए । यद्यपि त्यो नेपालका लागि सान्त्वना गोल मात्र बन्यो ।

यो हारसँगै नेपालको एसियन कप छनौटको यात्रा कठिन बनेको छ । समूह एफमा समान ३–३ अंकका साथ भियतनाम, मलेसिया र लाओस क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । जसमा भियतनाम र मलेसियाले भने एक खेल कम खेलेका छन् । उता २ खेलबाट अंकविहीन नेपाल पुछारमा छ ।

छनौट प्रतियोगिता अन्तर्गत नेपालले अब आगामी अक्टुबर ९ तारीखका दिन भियतनामसँग उसकै घरमा खेल्नेछ । त्यस्तै लाओसले सोही दिन मलेसियाको सामना गर्नेछ ।

Post Comments