International फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । युरोपियन क्लब च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) र जर्मन जायन्ट बायर्न म्युनिख जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको तेस्रो प्रिक्वाटरफाइनलतर्फ पिएसजीले इन्टर मियामीलाई ४–० को अन्तरले हरायो । पिएसजीको जितमा खेलको छैठौं मिनटमा र ३९औं मिनटमा गरी जोआओ नोभेसले दुई गोल गरे । लगतै ४४औं मिनटमा टोमस एविलेसले आत्मघाती गोल गर्दा पहिलो हाफ कै अतिरिक्त समयमा अचरफ हाकिमीले चौथो गोल गर्दै पिएसजीको जित पक्का गरे ।

पिएसजीले अब ५ जुलाईका दिन हुने तेस्रो क्वाटरफाइनलतर्फ दुईपल्टको पूर्व विजेता बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले पनि आइतबार अबेर राती सम्पन्न चौथो प्रिक्वाटरफाइनलमा ब्राजिलियन क्लब फ्लामेंगोलाई ४–२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।

Post Comments