International फिफा अरब कपको फाइनलमा मोरक्को र जोर्डन भिड्ने, साउदी र युएई निराश
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अरब राष्ट्रहरु बीच वार्षिक रुपमा हुँदै आएको तथा हाल कतारमा जारी प्रतिष्ठित ११औं फिफा अरब कपको फाइनलमा अफ्रिकी राष्ट्र मोरक्को र जोर्डन भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न दुई सेमिफाइनलतर्फ पहिलो सेमिफाइनलमा मोरक्कोले युएईलाई ३–० ले हराउँदै फाइनल स्थान पक्का गर्यो भने दोस्रो सेमिफायनलमा जोर्डनले दुईपल्टको विजेता साउदी अरेबियामाथि १–० को जित निकाल्दै उपाधि नजिक पुग्यो ।

फाइनल खेल १८ डिसेम्बरका दिन कतारको लुसैल शहर स्थित लुसैल स्टेडियममा मोरक्को र जोर्डन बीच हुनेछ । त्यस्तै सोही दिन अल–रयन शहरमा साउदी र युएई तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

स्मरण रहोस, मोरक्कोले स्न २०१२ मा पहिलोपटक अरब कपको उपाधि जितेको थियो । उता जोर्डन भने पहिलोपटक अरब कपको फाइनलमा प्रवेश गरेको हो ।

Post Comments