International
स्पेन र अर्जेन्टिना बीच हुने ‘फाइनलिसिमा’ को मिति तय
काठमाडौं ९एजेन्सी० । प्रतिष्ठित दक्षिण अमेरिकी कोपा अमेरिका च्याम्पियन र युइएफए युरो च्याम्पियन बीच हुने फाइनलिसिमाको मिति तय भएको छ । आयोजकका अनुसार स्पेन र अर्जेन्टिना बीचको बहुप्रतिक्षित फाइनलिसिमा सन् २०२६ को २७ मार्चका दिन कतारको लुसैल शहरमा हुने तय भएको हो ।
यसअघि प्रतियोगिता यही सन् २०२५ को जुन र जुलाई महिनाको बीचमा गर्ने योजना रहेको थियो । तर, अन्तर्राष्ट्रिय फुटबलमा स्पेन र अर्जेन्टिना दुवै व्यस्त रहने देखिए पछि मिति सारिएको थियो । यद्यपि मिति घोषणा भने गरिएको थियो । अहिले आएर भने त्यो मिति पनि तय भएको छ ।
अर्जेन्टिना गत संस्करणको विजेता पनि हो । सन् २०२२ मा इङल्याण्डमा भएको फाइनलिसिमामा अर्जेन्टिनाले इटालीलाई ३–० ले हराउँदै उपाधि जितेको थियो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा