International अल्जेरियाको जित, जोर्डन बाहिरियो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ तर्फ समूह जे मा रहेको अल्जेरियाले आफ्नो दोस्रो खेलमा महत्वपूर्ण जित हात पार्दै नकआउट चरण प्रवेशको सम्भावनालाई कायम राखेको छ ।

आफ्नो पहिलो खेलमा अर्जेन्टिनासँग ३–० ले पराजित अल्जेरियाले दोस्रो मंगलबार बिहान जोर्डनलाई २–१ ले हरायो र खातामा महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

यो जितपछि दुई खेलबाट ३ अंक जोडेको अल्जेरिया समूह जे को तेस्रो स्थानमा छ र नकआउट चरणमा प्रवेश गर्ने आफ्नो सम्भावनालाई कायम राखेको छ । उता पहिलो खेलमा अष्ट्रियासँग पराजित जोर्डन भने लगातार दोस्रो हारसँगै अंकविहीन रुपमा पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।

त्यस्तै ६ अंकसहित शिर्ष स्थानमा रहेको अर्जेन्टिना भने नकआउट चरणमा प्रवेश गरिसकेको छ । दोस्रो स्थानमा अल्जेरियासँगै समान ३ अंक रहेको अष्ट्रिया छ ।

अब समूह चरणको अन्तिम तथा निर्णायक खेलमा जुन २७ तारीखका दिन अल्जेरियाले अष्ट्रियासँग खेल्नेछ भने सोही दिन जोर्डनले अर्जेन्टिनाको सामना गर्नेछ ।

Post Comments