काठमाडौं (एजेन्सी) । दुईपल्टको पूर्वविजेता फ्रान्स जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलतर्फ फ्रान्सले अफ्रिकी टोली मोरक्कोलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
खेलमा फ्रान्सले गरेको दुवै गोल दोस्रो हाफमा सम्भव भयो । यद्यपि फ्रेन्च टोलीले पहिलो हाफ मै पेनाल्टीको अवसर पाएको थियो । तर, काइलन एम्बाप्पेको पेनाल्टी प्रहार मोरक्कोका गोलरक्षक यासिन बुनुले सहजै जोगाएका थिए ।
खेलको ६०औं मिनटमा एम्बाप्पेले नै फ्रान्सका लागि पहिलो गोल गरे । जारी विश्वकपमा एम्बाप्पेको यो आठौं गोल समेत थियो । लगतै ६६औं मिनटमा उसमाने डेम्बेलेले दोस्रो गोल गर्दै फ्रान्सको जित पक्का गरेका थिए ।
फ्रान्सले अब १४ जुलाईका दिन हुने पहिलो सेमिफाइनलमा अर्को दुई बलिया टोली स्पेन वा बेल्जियमसँग खेल्नेछ ।
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)
- रकम हिनामिनाको आरोपमा पूर्व एन्फा अध्यक्ष शेर्पा पक्राउ (पत्रसहित)
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?