International
मैत्रीपूर्ण खेलमा कुवेतको जित

काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ नेपालकै समूह ए तर्फको आयोजक राष्ट्र कुवेतले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उत्कृष्ट जित हात पारेको छ ।
युएईको अबुधाबीमा सम्पन्न खेलमा कुवेतले सिंगापुरलाई २–० ले हरायो । कुवेतका लागि खेलको ३९औं मिनटमा फहाद अल रेशिदीले पहिलो गोल गरे भने ८८औं मिनटमा युसेफ अल सुलेमानले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।
स्मरण रहोस, एसियन कप छनौटतर्फ कुवेतले नेपालसँग ११ जुनका दिन खेल्ने कार्यक्रम छ । समूह ए मा नेपाल र कुवेतसँगै बलियो जोर्डन र इण्डोनेसिया रहेका छन् ।
त्यस्तै एसियन कप छनौटतर्फ सिंगापुर भने समूह एफमा रहेको छ । जहाँ सिंगापुरले आयोजक किर्गिस्तानसँगै ताजिकिस्तान र म्यानमारसँग खेल्ने कार्यक्रम छ ।
We fall to a more clinical opponent tonight.
— FAS (@FASingapore) June 1, 2022
🇸🇬 #ONESTRONG #AsianCup2023 #KUWSIN pic.twitter.com/ewVii2LxI3
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय