
हेटौंडा । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा जारी पाँचौ हेटौडा मेयर कप फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा वडा न १५ र वडा नं १७ बिजयी भएको छ ।
बिहिबार भएको पहिलो खेलमा वडा न १५ ले वडा न ५ लाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समय दुबै टोलीबाट गोलरहित बराबरीमा सकिएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो जसमा १५ नं बिजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेर पेनाल्टीमा नायक बनेका वडा नं १५ का गोलकिपर सन्देश मगर खेलको म्यान अफ द म्याच भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे ।
त्यसैगरी बिहिबार नै भएको दोस्रो खेलमा वडा न १७ ले वडा नं १२ लाई दुई शुन्य गोल अन्तरले पराजित गरेको छ । खेलमा वडा नं १७ का बिबेक माझी र रोज श्रेष्ठले एक एक गोल गरेका थिए । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका वडा न १७ का समिराज थोकर खेलको म्यान अफ द म्याच भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पनि दुई खेल हुने आयोजक कमिटिका अध्यक्ष रबिन्द्र घिमिरेले जानकारी दिनु भयो । पहिलो खेलमा वडा नं ७ र वडा नं २ को बिचमा हुने छ भने दोस्रो खेलमा वडा नं ९ र वडा नं ८ को बिचमा हुनेछ । हेटौंडा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १३ गतेका दिन हुनेछ ।