News हेटौंडा : वडा नं ७ र वडा नं ८ क्वाटरफाईनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा जारी पाँचौ हेटौडा मेयर कप फुटबल प्रतियोगिताको पाचौं दिनको खेलमा जित निकाल्दै वडा न ७ र वडा नं ८ क्वाटरफाईनलमा प्रबेश गरेका छन ।

शुक्रबार भएको पहिलो खेलमा वडा न ७ ले वडा न २ लाई १–० गोलको झिनो अन्तरले पराजित गरेको हो । खेलको अन्तिम अन्तिम समयमा वडा नं ७ का कुशल अधिकारीले भली गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए उक्त गोल नै निर्णायक बन्न पुग्यो र खेलमा वडा नं ७ बिजयी हुन सफल भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नायक बनेका वडा नं ७ का गोल स्कोरर कुशल अधिकारी नै खेलको म्यान अफ द म्याच भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे । त्यसैगरी शुक्रबार नै भएको दोस्रो खेलमा वडा न ८ ले वडा नं ९ लाई चार शुन्य गोल अन्तरले पराजित गरेको छ ।

खेलमा वडा नं ८ का खेलमा दिपेश थोकरले दुई गोल गरेका थिए भने बिकास देउला र बिजय बि क ले एक एक गोल गरेका थिए । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका वडा न ८ का सुहन थिङ खेलको म्यान अफ द म्याच भए त्यस बापतमा नगद दुई हजारसहित ट्रफि प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई खेल हुने आयोजक कमिटिका अध्यक्ष रबिन्द्र घिमिरेले जानकारी दिनु भयो । पहिलो खेलमा वडा नं १ र वडा नं ६ को बिचमा हुने छ भने दोस्रो खेलमा वडा नं १७ र वडा नं १८ को बिचमा हुनेछ ।

हेटौंडा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १३ गतेका दिन हुनेछ ।

Post Comments